काठमाडौं–सरकारले ३० वटा मन्त्रालयलाई गाभेर १७ वटा कायम गरेपछि कर्मचारी संख्या पनि कटौती हुने भएको छ । यसरी कटौती हुने संख्यामा ३० प्रतिशतसम्म हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवले बताए । केन्द्रीय मन्त्रालयमा बढी भएका कर्मचारीलाई प्रदेश र स्थानीय तहमा पठाइने छ ।


ADVERTISEMENT


नयाँ कायम गरिएका १७ मन्त्रालयको संरचना तोक्न संगठन तथा व्यवस्थापन सर्भेक्षण ओ एन्ड एमको काम अन्तिम चरणमा पुगेको छ । ओ एन्ड एम सर्भेक्षण प्रतिवेदन एक दुई दिनमै मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी भएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री कार्यालयले ओ एन्ड एम सर्भेक्षणको काम गरेको हो । मन्त्रालय संरचना निर्धारण र कर्मचारी व्यवस्थापनका लागि १७ वटै मन्त्रालयका प्रतिनिधि राखेर काम गरिएको हो ।

स्रोतका अनुसार संघीय मन्त्रालयहरुमा कटौती हुने कर्मचारीमा अधिकांश सहसचिव, उपसचिव, खरिदार, सुब्बा तहका छन्।–आजको नागरिक दैनिकबाट