काठमाडौँ – नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको डिजिटल आवश्यकता र सुलभ दरमा सो आवश्यकता पूरा गर्ने चाहना समेतलाई सम्बोधन गर्न समयसापेक्ष रुपमा प्याकेज तथा अफरहरु प्रदान गर्दै आइरहेको छ ।


ADVERTISEMENT


सोही क्रममा कम्पनीले भोलि (असार २६) देखि लागू हुने गरी ‘मनसुन अफर २०८२’ अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT

# # #


यस अफर अन्तर्गत विभिन्न सुविधा सहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइने छ । विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरेर वा ‘नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् ।

ग्राहक सेवामा समर्पित भन्ने नारालाई आत्मसात गर्दै विभिन्न माध्यमबाट प्राप्त भएका ग्राहकवर्गका प्रतिक्रिया र सुझावका साथै सेवाको प्रयोगशैलीलाई समेत मध्यनजर गर्दै उक्त सेवा ल्याउने भएको हो ।

यस अफर सम्बन्धमा विस्तृत जानकारी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत प्राप्त गर्न सकिनेछ।