काठमाडौँ– एनआईसी बै.कले लाखौं थायी लेखा नम्बर (प्यान) नम्बर अद्यावधिक गर्न आफ्ना ग्राहकहरुलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


लाखौँ ग्राहकका साथ गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको बैंकले आफ्नो खातामा प्यान नम्बर  अध्यावधिक गर्न ग्राहकहरुलाई आग्रह गरेको हो ।


ADVERTISEMENT

# # #


बैंकका अनुसार, खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकाले ग्राहकको प्यान नम्बर आवश्यक परेको हो । यसका लागि ग्राहकहरुले बैंकको पोर्टल panupdate.nicasiabank.com वा मोबाइल बैंकिङ्ग एप मा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्नेछन् ।

यस अलावा बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अध्यावधिक गर्नको लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टिडिएस रेकर्डमा जनाउनको लागि प्यान आवश्यक पर्दछ । उक्त प्यान अद्यावधिक भएपश्चात् व्यक्तिको करकट्टीको विवरण (ई–टिडिएस) सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गरिन्छ ।

यसबाट ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकको विश्वास छ ।

प्यान अद्यावधिक नगराएको कारणले ई–टिडिएस मा ब्याजकर दाखिला नभएमा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले जनाएको छ ।

साथै, यसअघि प्यान उपलब्ध गराएर पनि करकट्टीको विवरण समावेश नभएको खण्डमा बैंकमा सम्पर्क गर्न पनि बैंकले अनुरोध गरेको छ ।