काठमाडौं–राजविराज ७ स्थित गदरी हटियामा शनिवार बिहान आगलागी भएको छ।हटियास्थित नौसाद सु सेन्टर रहेको ४ तले घरमा राती करिब साढे २ वजे अचानक आगो लागेको हो । आगोले भुँईतलामा रहेको पसल तथा माथिल्लो तलामा रहेको गोदाम समेतमा भएको सम्पुर्ण सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT


पसलका सञ्चालक नसिव खानले पारिवारीक विवादका कारण पसलमा आगो लगाईएको बताए । जिल्ला प्रहरी प्रमुख मुकेशकुमार सिंहले आगलागीको कारण र भएको क्षती वारे अनुसन्धान भईरहेको बताए । क्षतीपुर्ण पुर्ण विवरण नआएपनि ५० लाखभन्दा बढीको क्षती भएको संचालक खानले बताए ।


ADVERTISEMENT

# # #


सिरहाको लहान, सुनसरीको इनरुवा र सप्तरीको राजविराज तथा शम्भुनाथ नगरपालिकाका ४ वटा दमकल, स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा साढे ३ घण्टापछि आगो नियन्त्रणमा लिईएको छ । आगलागी नियन्त्रणमा लिन व्यापक संख्यामा नेपाली सेना र नेपा प्रहरी परिचालन गरिएको थियो । आगो नियन्त्रणका क्रममा राजविराज नगरपालिकाका फायर म्यान धर्मेन्द्रकुमार यादव घाईते भएका छन् । झ्यालको शिशााले लागेर उनको टाउको फुटेको छ।