काठमाडौं–कृष्णबहादुर महरा प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएको घोषणा दिउँसो एक बजे बस्ने संघीय संदनले गर्ने भएको छ । महरा निर्विरोध निर्वाचित भइसकेपनि दिउँसो एक बजे बस्ने संघीय संसद बैठकले सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गर्ने भएको हो ।


ADVERTISEMENT


संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध भएका हुन् । दाङ क्षेत्र –२ बाट निर्वाचित महरा पटक–पटक मन्त्री भइसकेका छन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए


ADVERTISEMENT

# # #