काठमाडौँ — नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संस्थापक एवं संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पोखराको बारी घुसकाण्ड सम्बन्धी विवादास्पद जग्गा नामसारी प्रकरणबारे स्पष्ट जवाफ दिन आग्रह गरेका छन्।


ADVERTISEMENT


चौधरीले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै यस विषयमा केन्द्रीय समिति बैठकमै उपस्थित भएर प्रत्यक्ष रूपमा आफ्नो धारणा राख्न श्रेष्ठलाई चुनौती दिएका हुन्।


ADVERTISEMENT

# # #


चौधरीले अध्यक्ष श्रेष्ठमाथि गम्भीर आरोप लगाउँदै भनेका छन्, ‘उहाँले अरूको बारेमा लेख्नुहुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नुहुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ। नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को ? परिचालित व्यक्ति होइन र ?’

उनले बैठकलाई पार्टीलाई मजबुत बनाउने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे। “अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । भयो । तपाईँका कारण उत्पन्न सिर्जना भए पनि हामीले तपाईँसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाईँ केन्द्रीय समितिको बैठकमा आउनुपर्छ । स्पष्टरूपमा जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनुभएको हो ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईँको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’

श्रेष्ठमाथि बारी घुसकाण्डको सरकारी जग्गा नामसारी गर्न भन्दै घुस लिएको आरोप लागेपछि पार्टीभित्र विवाद चुलिएको छ। यसैको सन्दर्भमा चौधरीले पार्टी नेतृत्वमा जवाफदेही र पारदर्शिता आवश्यक रहेको बताएका हुन्।

उनले पार्टीलाई व्यक्तिगत नियन्त्रणमा राख्न नदिने चेतावनी दिँदै, समाधान खोज्न संवादको मार्गमा आउन अध्यक्ष श्रेष्ठलाई पुनः आग्रह गरेका छन्।