काठमाडौँ – पूर्वराष्ट्रति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यबाट आफूलाई वञ्चित गर्नुपर्ने कुनै कारण नभएको बताएकीछन् । शुक्रबार काठमाडौँमा एक पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले पछिल्लो समय सक्रिय राजनीतिमा फर्किन गरेको प्रयासबारे आफ्नो धारणा राख्दै उनले यस्तो बताएकी हुन् ।


ADVERTISEMENT


पूर्वराष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किँदा व्यवस्थाप्रति नै प्रश्न उठ्ने भन्दै नेकपान एमालेले केही दिन अघि भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको उनले त्यसबारे उनले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन नहुने भन्नेबारे संविधानमा कहीँ कतै पनि नरहेको बताउँदै उनले पार्टी सदस्यताबाट आफूलाई वञ्चित गर्नुपर्ने कुनै कारण नभएको बताएकी हुन् ।


ADVERTISEMENT

# # #


उनले भनिन्, ‘संविधानका कुनै पनि धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन ।’ उनले भनिन्, ‘यो घामजत्तिकै छर्लंग भएको विषय हो । जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुनेगरी पार्टीको सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन ।’

उनले राजनीतिमा संलग्न हुने आफ्नो संवैधानिक अधिकारलाई संकुचित वा नियन्त्रण गर्ने निर्णयले आफूलाई दुःखी तुल्याएको बताइन् । उनले आफ्नो सदस्यता नवीकरण नगर्ने निर्णयले पार्टीको साख र प्रतिष्ठा गिराउने उनले जिकिर गरिन् ।

आफू एमालेको पार्टी सदस्य भएको ४५ वर्ष पुगिसकेको अवस्थामा पार्टीको विचार, सिद्धान्त, नीति र आस्थाप्रति समर्पित हुँदाहुँदै पार्टी सदस्य बन्नका वञ्चित गर्न नमिल्ने उनले बताइन् ।