काठमाडौँ – नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको छ ।


ADVERTISEMENT


पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको माओवादी पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकको एजेन्डा तय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनले स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्ने बताएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई निरन्रता दिने विषय, पार्टीको आन्तरिक एकता बलियो बनाउने, समाजवादी मोर्चाका बिषय लगाएतमा छलफल गर्ने एजेण्डा तय भएको उनले जानकारी दिए ।

संगठन निर्माण, नेताहरुको कार्यविभाजन र अहिलको वर्तमान अवस्थाका साथै समसामयीक प्रस्ताव पारित गरिने सापकोटाले जानकारी दिए । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको मिति समेत तय गर्ने उनले भने ।