काठमाडौँ – एनआईसी एशिया बैंकका ग्राहकहरुले काठमाडौंको नयाँ बानेश्वर, महाराजगञ्ज र पोखरास्थित चिप्लेढुंगामा सञ्चालिन कोरियन स्किन हस्पिटल ‘लेट मेइन’मा विशेष छुट पाउने भएका छन् ।
बैँकले ‘लेट मेइन’का विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता गरेको हो । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले लेट मेइनमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले यस कम्पनीले उपलब्ध गराएका विभिन्न सेवाहरु (हेयर प्लान्टेसन, फेसियल, एन्टी–एजिङ टिटमेन्ट, स्कार टिटमेन्ट, हाइपर बेरिक अक्सिजन थेरापी जस्ता सेवाहरु) मा १० प्रतिशत र कोरियन उत्पादनहरुमा ८ प्रतिशतको छुट सुविधा उपभोग गर्न सक्नेछन् ।
यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । लेट मेइनसँगको यस सहकार्यले ग्राहकहरुलाई विशेष छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको जनाएको छ ।
































































