काठमाडौं – गृहमन्त्री रमेश लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीबीच भेटवार्ता भएको छ ।


ADVERTISEMENT


बिहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री लेखक र हानाबीच भेटवार्ता भएको हो ।


ADVERTISEMENT

# # #


भेटमा हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चासो व्यक्त गरिन् ।

उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् ।

मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पुर्‍याउन सक्रिय रहेको बताए ।

लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।