काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका छन् ।


ADVERTISEMENT


कांग्रेस थारु विभागले शुक्रबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले अहिलेको निर्वाचन प्रणालीका कारण कुनै पनि पार्टीको बहुमत आउन कठिन रहेपनि पार्टीलाई एकढिक्का भएर अघि बढाउन सके आगामी निर्वाचन कांग्रेसको बहुमत आउन सक्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले संविधानमा उल्लेख समावेशी र समानुपातिक व्यवस्थालाई थप बलियो बनाउँदै राज्यका हरेक निकायमा प्रतिनिधित्व सुनिश्चित गर्न कांग्रेस प्रतिवद्ध रहेको उल्लेख गरे । मुलुक संघीय व्यवस्थामा गइसकेपछि कांग्रेसले थारु समुदायको प्रतिनिधित्व हुने गरी लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाएको उनले बताए ।

उनले पार्टीभित्र पनि समावेशीतालाई उच्च प्राथमिकता दिइएको जिकिर गरे ।