काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संसदमा भइरहेको भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार उदयपुरमा चौदण्डीगढी नगर कमिटिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै परियारले अहिले सदनमा भैरहेको भिजिट भिषा सम्बन्धिको आफूहरुको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


बिहिबार रुपन्देहीको भैरहवामा बसेको पार्टीको संसदीय दलको बैठकले समेत सदनमा अहिले देखिएको समस्या वार्ताको माध्यमबाट टुङ्ग्याउनु पर्ने निस्कर्ष निकालेको समेत उनले बताए । जनताको पक्षमा सम्वाद गर्न आए ढोका खुला रहेको भन्दै उनले संख्याको बल देखाए आन्दोलन जारी राख्ने स्पष्ट पारे । प्रमुख सचेतक परियारले देशमा परिवर्तन गर्न चाहने शक्तिलाई रोक्न बर्तमान सत्ता साझेदार दल लागिपरेको आरोप लगाए ।

शुक्रबार भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौदण्डीगढी नगर अधिबेशन मार्फत रमेश बिष्टको अध्यक्षतामा १० सदस्य समिति सर्वसम्मत चयन भएका थिए ।