काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अबको सरकारले दमनकारी नभई जनताको सेवकको रुपमा म काम गर्ने बताएका छन् । सोमबार संसदमा विश्‍वासको मत लिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।


ADVERTISEMENT


उनले भने, ‘दमनकारी होइन, जनताको सेवकको रुपमा म काम गर्छु ।’ यस्तै आफू यत्तिकै प्रधानमन्त्रीको बस्नकै लागि नआएको बताउँदै प्रधानमन्त्री ओलीले मुलूकबाट भष्टाचार अन्त्य गरेरै छाड्ने बताए । उनले भने, ‘भष्टाचार गर्नका लागि म प्रधानमन्त्री बनेको होइन । भष्टाचार गर्दिन र गर्न पनि दिन्न ।’


ADVERTISEMENT

# # #


यस्तै उनले वामगठबन्धनले गरेको चुनावी घोषणापत्रअनुसार नै सरकारका आगामी काम कारबाही गरिने बताएका छन् । ‘साझा चुनाव घोषणा पत्रमा स्पष्ट नीति र उद्देश्‍य र योजना बनाइएका थिए सोही अनुसार काम गर्नेछौँ’, प्रधानमन्त्री ओलीले भने। राष्ट्रिय स्वतन्त्रता र स्वाभिमानलाई मध्यनजर गरेर आफ्नो सरकारले काम गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले आजै विश्वासको मत लिँदैछन् ।