सुर्खेत–कर्णाली प्रदेश सरकारले प्रदेशको गुरुयोजना निर्माण गर्न सघाउ पुर्याउने उद्देश्यले काठमाडौँमा अन्तरक्रिया गरिने भएको छ ।
प्रदेशको विकास र समृद्धिका लागि तत्काल गर्नुपर्ने सम्भाव्यता र दिीर्घकालिन गुरुयोजना निर्माण गर्न विज्ञहरुसंग संघीय राजधानी काठमाण्डौमा अन्तरक्रिया गर्न लागिएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए ।


ADVERTISEMENT


अहिले कर्णालीमा ५२ प्रतिशत गरीवी रहेको भन्दै न्युनीकरणका लागि कदम चालिने बताए ।  अव प्रदेशका सांसद, मन्त्री लगाएत सवै राजधानीमा राष्ट्रपतिको निर्वाचनमा सहभागि हुने भन्दै उक्त अन्तरक्रिया चैत २ गते गरिने जनाईएको छ ।


ADVERTISEMENT

# # #


अन्तरक्रियामा सहभागि विज्ञहरुको सल्लाह सुझाव बाट प्रदेशको अहिले तत्काल गर्न सकिने सभांवना र दीर्घकालिन संभावनाका आधारमा अघि बढ्ने मुख्यमन्त्री शाहीले बताए ।

सो कार्यक्रमका लागि आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीलाई समन्वय गर्ने जिम्मेवारी दिईएको छ ।