काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री र मन्त्रीहरुलाई कठोर कदम चाल्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विश्वासको मत दिँदै प्रचण्डले जनताले झण्डै दुई तिहाई मत दिएर सरकारको हात बलियो बनाएको बताए । भ्रष्टाचार, अनियमिता गर्नेहरुविरु कठोर कदम चाल्न आग्रह गर्दै उनले भने, ‘अब जनताले भाषण होइन, एक्सन खोजेका छन् ।’


ADVERTISEMENT

# # #


अब केही हुन्छ कि भनेर निराश भएको धेरै भएको भन्दै उनले अब एक्सनमा उत्रन आग्रह गरे ।

बोक्सीको आरोपमा भएको कुटपिट, ८ वर्षीया बालिकामाथि भएको बलात्कारका घटना उल्लेख गर्दै उनले भने, ‘भाषण होइन, सिधै दोषीमाथि कारबाही होस् भन्ने जनताले चाहेका छन् ।’