काठमाडौं–भत्ताकै लागि अनावश्यक विदेश भ्रमणमा जाने प्रवृत्ति नरोकिएपछि सरकारले चालु आर्थिक बर्षमा कर्मचारीको विदेश भ्रमणका लागि छुट्याएको बजेट पहिलो ६ महिनामै सकिएको छ ।


ADVERTISEMENT


सरकारले चालु आवमा कर्मचारीको विदेश भ्रमणका लागि भ्रमण खर्च शीर्षकमा छुट्याएको रकमले पहिलो ६ महिनाका लागि पनि नपुगेर थप ४१ करोड ९६ लाख ६५ हजार रुपैयाँ थप खर्च भएको छ ।


ADVERTISEMENT

# # #


चालु आव ०७४/०७५ को बजेटमा खर्च शीर्षकमा नम्बर २२६१२ मा सरकारी कर्मचारीको लागि भ्रमण खर्चको व्यवस्था गरिएको छ ।- आजको नागरिक दैनिकबाट