काठमाडौं–राँझा विमानस्थल हुँदै कोहलपुरसम्म रेल सेवा विस्तार गर्न भारतीय अधिकारीहरूले स्थलगत अध्ययन गर्ने भएका छन् ।


ADVERTISEMENT


भारतको गोरखपुर र गोन्डाका रेल अधिकारी सोमबार अध्ययनका लागि नेपालगन्ज आउन लागेका हुन् । उनीहरूले नेपाली अधिकारी र स्थानीयसित भेटेर अन्तर्क्रिया गर्नेछन् ।


ADVERTISEMENT

# # #


भारतीय अधिकारीले रुपैडिहास्थित रेल स्टेसनबाट अध्ययन सुरु गर्ने कार्यक्रम छ । उक्त रेल स्टेसनले भारतमा अंग्रेज शासनको पालादेखि नेपाल–भारत जोडेको छ । त्यहाँबाट सीमावर्ती नेपाली गाउँ पिप्रहवा हुँदै राँझासम्म सर्भे गर्ने कार्यक्रम छ ।

अध्ययन टोलीले यसअघि नेपालगन्जको पूर्वी क्षेत्र पिप्रहवा हुँदै सिधै राँझासम्म रेल सेवा विस्तारको प्रस्ताव गरेको थियो । ‘रेलका लागि लिक निर्माण आवश्यक पर्छ । त्यसैले बस्तीबाहेकको क्षेत्र रोजिएको छ,’ रेल सेवा विस्तार फाइनल लोकेसन सर्भे टोलीका सदस्य गणेशबहादुर शाहीले भने । –आजको कान्तिपुरबाट