काठमाडौं–पोखरा महानगरपालिकाले आफूलाई आवश्यक कानुन तयार पार्न थालेको छ । संविधानले व्यवस्था गरेको २२ वटा अधिकारीको प्रयोग गर्दै पोखरा महानगरपालिकाले तत्काललाई केही कानुन विधायन सभामा टेबल गर्दैछ । पोखरा महानगरपालिकाको आज विधायन सभा हुँदैछ । सभामा महानगरका लागि आवश्यक १८ वटा ऐन, नीति, कार्यविधि र निर्देशिका टेबल गर्न लागेको हो ।


ADVERTISEMENT


संविधानसँग नबाझिने गरी कानुन बनाउन लागेको महानगरका मेयर मानबहादुर जिरीले जानकारी दिए । ‘हिउँदे तथा विधायन सभामा हामीले १८ वटा कानुन प्रस्तुत गर्दैछौं,’ महानगरका मेयर जिसीले भने, ‘सभामा प्रस्तुत गरेपछि छलफल तथा संशोधनको प्रक्रियामा जान्छ ।’


ADVERTISEMENT

# # #


महानगरले आवश्यकताअनुसार १ सय २० वटा कानुन बनाउन सक्ने र त्यसमा अहिले प्राथमिकताका आधारमा १८ वटामात्रै कानुन बनाउन लागेको मेयर जिसी बताउँछन् ।

पशुपंक्षी, कृषि, स्वास्थ्य नीति, शिक्षा कार्यविधि, सहकारी सञ्चालन ऐन, व्यवसाय प्रवर्द्धन ऐन, एफएम रेडियो सञ्चालन कार्यविधि, न्यायिक समिति सञ्चालन कार्यविधि तयार पार्ने काम भइरहेको मेयर जिसीले जानकारी दिए । कर्मचारी व्यवस्थापन ऐनलगायतका ऐन निर्माण मापदण्ड ऐन, विज्ञापन कर नीति, फोहोरमैला व्यवस्थापन ऐनलगायतका ऐन तथा कानुन आजको सभामा पेश हुनेछ ।

स्थानीय तह र प्रदेश सरकारका साझा अधिकारका विषयमा पनि कार्यविधि बनाएर जान सकिने मेयर जिसीले बताए । प्रदेश कानुनसँग नबाझिने गरी कार्यविधि बनाउने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।

‘कानुन नभएकै कारण हामीले कतिपय जनअपेक्षाअनुसार काम गर्न सकेका छैनौं,’ मेयर जिसीले भने, ‘अब कानुन बन्दै जान्छ र काम गर्ने बाटो पनि खुल्दै जान्छ ।’ विभिन्न शाखा तथा महाशाखाबाट तयार पारिएका कानुन तथा कार्यविधिमाथि छलफल तथा संशोधन गर्न ५ समिति गठन भएको छ ।

वडा नम्बर–१९ का अध्यक्ष शोभामोहन पौडेलको संयोजकत्वमा वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोला, वडा नम्बर–११ का अध्यक्ष मोहन बास्तोला, वडा नम्बर–२१ का अध्यक्ष खगराज आचार्य र वडा नम्बर–५ का अध्यक्ष धनबहादुर नेपाली सदस्य छन् ।

महानगरका ३३ वडामा मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसहित १ सय ६७ जना निर्वाचित प्रतिनिधि छन् ।