काठमाडौं–इटहरीको फोहोर उठाउने ठेक्का पाएको कम्पनीले सामुदायिक वन क्षेत्रमा फोहोर फाल्न नपाएपछि उपमहानगर कार्यालय परिसरमै फोहोर थुपारेको छ ।


ADVERTISEMENT


इटहरी बजार क्षेत्रमै रहेको उपमहानगर कार्यालय अगाडि फोहोरलाई खुल्लै राखिएका ट्यांक्टरहरु राखिएपछि दुर्गन्ध बढेको छ । ‘पहिले वन क्षेत्रमा दुर्गन्ध बढाएर फाल्न दिएनन् अहिले फाल्न पाइएन भनेर उपमहानगर कार्यालय अगाडि नै फोहोर राखेर अर्को दुर्गन्ध बढाए’, इटहरी चोकमा भेटिएका तरहराका युवा ध्रुव भण्डारीले भने, ‘यो त अत्ति भयो ।’


ADVERTISEMENT

# # #


इन्भारो केयर कन्सर्न नामक इटहरीको कम्पनीले फोहोर उठाउने ठेक्का पाएको छ । सो कम्पनीले २०७० असोज ९ गतेदेखि लगातार इटहरीको हाँसपोसा सामुदायिक वन क्षेत्रमा फोहोर विसर्जन गर्दै आएको थियो ।शनिवारबाट सामुदायिक वन उपभोक्ता समितिले भने वन क्षेत्रमा फोहोर फाल्न निषेध गरिएको छ ।

सामुदायिक वनका अध्यक्ष खड्गबहादुर राउतले विगत एक महिना अगाडिबाट लगातार आग्रह गर्दा पनि अटेर गरेपछि वन क्षेत्रमा फोहोर विसर्जन निषेध गरिएको बताए । उनले भने, ‘वनमै फोहोर फाल्दा प्रदुषण बढेर र महामारीको जोखिम भएकाले पनि विसर्जन रोकिएको हो ।’

इटहरी–धरान सडक खण्डमा पर्ने वन क्षेत्रमा फोहारको डंगुर बढेपछि दुर्गन्ध बढेको, वन क्षेत्रमा आगलागी बढेको र फोहोर क्षेत्रमा अएका वन्यजन्तुको सिकार बढेको स्थानीयको गुनासो थियो ।

इन्भारो केयर कन्सर्नका व्यवस्थापक कृष्ण प्रसाद भट्टराई भने जङ्गलमा सुरुबाटै फाल्दै आएको फोहोर फाल्न नपाएर फोहोर विसर्जनमा समस्या भएको तर्क गर्छन् । जङ्गल क्षेत्रमा फोहोर फाल्न हुन्छ त भन्ने प्रश्नमा भने भट्टराईले इटहरी उपमहानगरले डम्पिङ साइट नबनाएको र फोहोर फाल्न अन्य स्थान अभाव भएकाले वनसँगको सहमतिका फोहोर फालिएको बताउँछन् ।

इन्भारो केयरका अनुसार इटहरीका हरेक दिन ५० टन फोहोर हुन्छ तर इन्भारो केयरले भने ३० टन हाराहारी फोहोर संकलन गर्दै आएको छ । यसरी उठाएकै सबै फोहोर शनिवार अगाडिसम्म ४ बर्षदेखि निरन्तर हाँसपोसा सामुदायिक वन क्षेत्रमा फालिँदै आएको थियो ।