काठमाडौँ –नेपाल जनस्वास्थ्य प्रतिष्ठान र नेपाल स्वास्थ्य अनुसन्धान परिषदको संयुक्त आयोजनामा अन्तराष्ट्रिय स्तरको सम्मेलन हुने भएको छ ।


ADVERTISEMENT


यहि फागुन २७ ( मार्च ११ ) देखि चैत १ ( मार्च १५ ) सम्म चल्ने ” International Conference on Epidemiologic Research” कार्यक्रम राजधानीको होटल शंकर लैनचौरमा आयोजना हुने जनाईएको छ ।


ADVERTISEMENT

# # #


सम्मेलनको पहिलो दुई दिन प्रशिक्षण कार्यशाला हुनेछ । यस्तै अन्य तीन दिन सम्मेलन चल्नेछ ।

कार्यक्रममा बोस्टन युनिभर्सिटीका पब्लिक हेल्थ प्रोफेसर केनेथ जे रूथमेन, प्रोफेसर सान्रोरो गलीए मुख्य वक्ता रहनेछन् । प्रोफेसर एलिजाबेथ ह्याच, जॉन डेभीड कलेमन्स, पब्लिक हेल्थ फाउन्डेसनका डा. समिन यस्मिनका साथै नेपाल जनस्वास्थ्य प्रतिष्ठानका अध्यक्ष डा. महेश मास्के लगायत नेपालका वक्ताहरुले पनि सम्मेलनमा आफ्ना धारणा राख्नेछन् ।

कार्यक्रममा एक सय बढी सहभागिहरुले भाग लिँदैछन् ।

हरेक नागरिकसंग जोडिएको जन स्वास्थ्यको क्षेत्रमा अनुसन्धानलाई केन्द्रमा राखेर हुन गईरहेको यस सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

भिडियो हेर्नुहोस्:-