काठमाडौं–डोटीमा आइतबार साँझ ट्याक्टरले च्यापिएर मृत्यू भएका बालकका आफन्तले दुर्घटनाको छानबिन माग गर्दै दिपायलमा चक्काजाम गरेका छन् । सोमबार बिहानदेखिदिपायलको कुलपातेमा यातायात ठप्प पारेका हुन् । उनीहरुले क्षतिपुर्तिको माग गर्दै बालकको शव अझै उठाएका छैनन् ।


ADVERTISEMENT


आइतबार साझ साढे चार बजे शिखर नगरपालिका–१ खातीगाउँका ३ वर्षीय विस्वास खातीको दिपायल सिलगढी नगरपालिका–४ राजपुरमा से २ त ९०८ नम्बरको ट्याक्टरले किचेर मृत्यू भएको थियो ।


ADVERTISEMENT

# # #


क्षतिपूर्तिका साथै पीडितका मागका सम्बन्धमा ईलाका प्रहरी कार्यालय दिपायलमा छलफल भईरहेको छ । कुलपाते श्रेत्र तनाबग्स्त बनेको छ । मृतकका आफन्तले १२ लाख क्षतिपुर्ती माग गरेका छन् । शव उठाउन नमान्दा पोष्टमार्टम समेत हुन सकेको छैन ।