जो सहे सो रहे ! चोक्टा खान गएको बुडी झोल्मा डुबेर मोरि ! मामा को घोडा मा भान्जा को हे हे ! जसले मह काढ्छ उसले हात चाट्छ ! बिनाश काले बिपरिते बुद्दी! एक दिन को पाउना मिठो मिठो खा, दुइ दिन को पाउना जस्तो सुकैखा, तीन दिन को पाउना जत्ता सुक्कै जा । राडी लाई लैजौला नभन्नु, गरिब लाई दिउला नभन्नु!


ADVERTISEMENT


लोग्ने स्वास्नीको झगडा परालको आगो! गु लाई चलाए गन्ध! खिर ख्वाएर हिलो ले चुठाउँने! हुल मुल मा जिउ जोगाउनु, आनिकल मा बिउ जोगाउनु! सबै कुकुर कासी गए, गु कस्ले खाने! गर्जने बादल वर्षदैन! भुक्ने कुकुरले टोकदैन!


ADVERTISEMENT

# # #


धनै रह्यो, मनै रह्यो ! दुश्मन खोज्न टाढा जानु पर्दैन! हाती चले बजार तो कुता भुके हजार! घरको बाघ बनको स्याल! अक्चु खाए बक्छु खाए झुसे बारुलो! लहरा तान्दा पहरा गर्जिन्छ ! दैबले दिन्छ पितृले हर्छ !