काठमाडौँ – राष्ट्रिय गौरबको सुनकोशी–मरिन डाइभर्सन आयोजनाको निर्माण धमाधम अघि बढिरहेको छ । तराई–मधेशमा १२ महिना नै सिंचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरू गरिएको आयोजनाको सुरुङ गत वर्ष नै छिचोलिसकिएको छ ।


ADVERTISEMENT


आयोजनको सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित कानढुङ्ग्रे (खुर्कोट) नजिकै बाँध निर्माणस्थल (हेडबक्स) निर्माण भइरहेको छ । जहाँबाट सुनकोशीको करिब ६७ क्युसेक पानीलाई कूल १३.३ किलोमिटर लामो सुरुङमार्ग हुँदै सिन्धुलीस्थित मरिन खोलामा मिलाइनेछ ।


ADVERTISEMENT

# # #


टिबिएम एक्जिट प्लेटफर्म
धनुषाधाम, १८ साउनः सिन्धुलीको सुनकोशी गाउँपालिका–७ स्थित कानढुङ्ग्रे (खुर्कोट) नजिक निर्माण भइरहेको नेपाल सरकारको राष्ट्रिय गौरव आयोजना सुनकोशी मरिन डाइभर्सन बहुउद्देशीय आयोजना अन्तर्गतको टिबिएम एक्जिट प्लेटफर्मको हवाई दृश्य । तस्बिरः अमरेन्द्रकुमार यादव÷रासस

जुन बगेर बागमती नदीमा मिसिनेछ र बागमती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य राखिएको छ । मरिन खोलामा झारेर ३१ मेगावाट विद्युत् उत्पादन गर्ने समेत लक्ष्य राखिएको छ ।

झन्डै ५० अर्ब रुपैयाँ लागतमा निर्माण हुने भनिएको आयोजना हालसम्म १९ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन भइसकेको छ। त्यसमध्ये १६ अर्ब ५० करोड २७ लाख रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ। तर प्रगति भने ३६.८३ प्रतिशत मात्रै भएको छ ।

सबै तस्बिर : रासस