काठमाडौं–हावाहुरीसहित परेको चट्याङ लागेर सिन्धुपाल्चोकमा आमा–छोरीको मृत्यु भएको छ ।


ADVERTISEMENT


जुगल गाउँपालिका ४ घुवा बस्ने वर्ष २६ की तोकमाइ तामाङ र उनको एक वर्षको छोरीको सोमबार दिउँसो चट्याङ लागेर मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार बाख्रा हेर्न गएको बेला उनीहरुलाई चट्याङले लागेको थियो । चट्याङले ५ वटा बाख्रासमेत मरेका छन् ।