काठमाडौँ — मुलुकको तेस्रो राष्ट्रपति चयनका लागि मंगलबार मतदान सकिएसंगै  मतगणना सुरु भएको छ  । मतगणना दिउँसो चार बजेबाट सुरु भएको हो ।


ADVERTISEMENT


वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कुमारी लक्ष्मी राई चुनावी मैदानमा उत्रिएका छन् । भण्डारीलाई सत्तारूढ वाम गठबन्धन तथा राईलाई विपक्षी नेपाली कांग्रेसको समर्थन छ ।


ADVERTISEMENT

# # #


राष्ट्रपति निर्वाचनमा संघीय संसद् तथा प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचक मण्डलबाट हुन्छ । कानुनले संघीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ तोकेको छ । प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रिय सभाका ५९ गरी संघीय संसद्का ३ सय ३४ र सातवटै प्रदेशसभाका ५ सय ५० सदस्य मतदाता थिए।

निर्वाचन आयोगले संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ जनाको अन्तिम नामावली प्रकाशित गरेको थियो। नामावली प्रकाशनपछि शपथग्रहण गर्न पाएका राष्ट्रिय सभामा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत ३ सदस्यले मतदान गर्न पाउने छैनन् । प्रदेशसभामा मनाङबाट निर्वाचित राजीव गुरुङ (दीपक मनाङे)को नाम अन्तिम नामावलीमा छैन । अदालतबाट दोषी प्रमाणित भई सजाय सुनाइएका मनाङे फरार छन् ।