काठमाडौँ–आफ्नै घरेलु मैदानमा स्पेनिस क्लब सेभियासँग १–२ गोल अन्तरले पराजित हुँदै म्यान्चेस्टर युनाइटेड च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको छ । सब्सिटच्युट विसियाम बेन येडेरले मैदानमा छिरेको दुई मिनेटभित्र गोल गर्दै बेन येडरले सेभियालाई ओल्ड ट्राफोडमा अप्रत्यासित अग्रता दिलाए भने त्यसको चार मिनेटपछि अर्को गोल थप्दै सेभियाको जीत सुनिश्चित गरे ।


ADVERTISEMENT


खेलको ८४ औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै युनाइटेडलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यसपछि कुनै गोल हुन सकेन । पहिलो लेगमा विपक्षीको पोष्टमा बिरलै आक्रमण गरेको युनाइटेड दोस्रो लेगमा पनि स्पेनिस टोलीभन्दा कमजोर देखिएको थियो ।


ADVERTISEMENT

# # #


प्रशिक्षक जोसे मोरिन्होले रक्षात्मक खेल प्रदर्शन गरिरहँदा युनाइटेडका फ्यानहरुले खेलाडीहरुलाई आक्रमक हुन हुटिङ नै गरेका थिए ।

युनाइटेडसँगै अर्को इंग्लिस क्लब टोटनहम प्रतियोगिताबाट बाहिरिएको छ भने म्यान्चेस्टर सिटी र लिभरपुलले अर्को चरणको यात्रा तय गर्न सफल भएको छ । चेल्सीको भाग्य बार्सिलोनासँगको बुधबार हुने भिडन्तले तय गर्नेछ ।

मंगलबार भएको अन्य खेलमा १० खेलाडीमा सिमित साख्तार डोन्सकलाई १–० ले पराजित गर्दै इटालियन क्लब एएस रोमाले पनि क्वाटरफाइनलको यात्रा तय गर्न सफल भएको छ । पहिलो लेगमा १–२ गोल अन्तरले पराजित भएको रोमाले आफ्नो घरेलु मैदानमा १–० को जित निकालेपछि समग्रमा २–२ को बराबरी भए पनि अवे गोलको आधारमा अर्को चरणमा प्रवेश गरेको हो ।

रोमाको जीतमा एडिन जेकोले खेलको ५२ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।