काठमाडौं–गुल्मीको सदरमुकाम तम्घास निजिकै रहेको रेसुङ्गा वन क्षेत्रमा लागेको आगो नियन्त्रणमा निभाउन कठिन भएको छ । मंगलबार साँझ सल्केको आगो फैलदै जाँदा सयौँ रोपनी बन क्षेत्रमा फैलिएको छ ।


ADVERTISEMENT


आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको टोली र सदरमुकाम तम्घासका वासीन्दा खटिदा रातभर खटिएका थिए । प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले आगो निभाउन नसकिएपछि बुधबार विहान थप थप सुरक्षाकर्मीसहित स्थानीयबासिन्दा आगो निभाउन खटिने बताए ।


ADVERTISEMENT

# # #


जंगलमा लागेको आगो निभाउन नसकिए बन क्षेत्र नजिकका पराल्मी, वलिथुम, गौडाकोट, दुविचौर, तम्घास र अर्खलेसम्मका वस्ती जोखिममा पर्दछन् ।