काठमाडौँ– कप्तान पारस खड्काले बिष्फोटक ब्याटिङ गरेपछि टिम चौराह धनगढी सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल)को प्लेअफमा पुगेको छ । चौराहले सोमबार राउन्ड रोबिनको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै प्रतियागिताको प्ले अफमा पुगेको हो ।


ADVERTISEMENT


टस जितेर पहिले ब्याटिङ रोजेको रुपन्देही च्यालेन्जर्सले एसएसपी कार्यलय मैदानमा ६ विकेट गुमाई ९१ रन बनायो । १४.३ ओभर भित्र जित्न सकेको खण्ड्मा चौराहले प्लेअफमा पुग्ने थियो । तर चौराहले ११ ओभरमै ९७ रन बनाई खेल टुंगायो । स्कोर बराबर भएको अवस्थामा पृथु बाँस्कोटाले छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


टिमर्ला जिताउने क्रममा पारसले २१ बलमा २ छक्का र ७ चौकाको सहयोगमा ४२ रन बनाए । एपेण्डिक्सको शल्याक्रियापछि क्रिजमा फर्किएका पारस लयमा आउन संघर्षरत थिए । जारी लिगमा उनको यो सर्बाधिक स्कोर हो । यसले उनी लयमा फर्किएको संकेत देखिएको छ ।

चौराहाका लागि राजु रिजाल र अमर रौतेलाले समान १३र१३ रन बनाए । अनिल मण्डलले ८ रन बनाउँदा पृथु बास्कोटा १५ र आरिफ शेख ४ रनमा अविजित रहे । पहिलो ३ खेल हारेको चौराहले त्यसपछि लगातार दुई खेल जितेपछि अर्को चरणमा पुगेको हो । काठमाडौं गोल्डेन्स, चौराह, कञ्चनपुर आइकोन र सीवाईसी अत्तरियाको समान चार अंक भए पनि रन रेटमा कञ्चनपुर र अत्तरिया पुछारको दुई स्थानमा रहे । यसअघिका चारै खेल जितेको रुपन्देही ८ र विराटनगर किंग्स ६ अंकसहित पहिलो २ स्थानमा रहे ।

चौराहले बुधबार हुने प्लेअफमा काठमाडौं गोल्डेन्ससँग इलिमिनेटरमा प्रतिस्पर्धा गर्नेछ । सोही दिन रुपन्देही र विराटनगर किंग्स बीच क्वालिफायर्समा प्रतिस्पर्धा गर्नेछन् । विजयी हुने टोली फाइनलमा पुग्ने छ भने पराजित टोलीले इलिमिनेटरको विजेतासँग फाइनलमा प्रवेश पाउन प्रतिस्पर्धा गर्नुपर्नेछ ।