काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकलाई बलियो सरकार दिन केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएको स्पष्ट पारेको छ । पार्टीका अध्यक्ष कमल थापाले ओली नेतृत्वको सरकारलाई आर्थिक समृद्धिको अभियानमा अग्रसर हुन पनि आग्रह गरे ।


ADVERTISEMENT


उनले नयाँ सरकारबाट जनताले शान्ति पाउनुपर्ने माग पनि गरे । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले शान्ति र स्थायित्वको लागि ओली नेतृत्वको सरकारलाई रचनात्मक साथ र सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।


ADVERTISEMENT

# # #


अध्यक्ष थापाले आफ्नो पार्टी मुलुक अस्थिरतातर्फ नजाओस् भन्नेमा सचेत रहेको पनि उल्लेख गरे ।