काठमाडौँ– दशकौंदेखि नेपाली क्रिकेटले देखेको ओडीआई अर्थात एकदिवसीय मान्यताको सपना आज पूरा भएको छ । आज भएको प्ले अफमा नेपालले पपुवा न्यूगिनी तथा नेदरल्याण्डले हङकङलाई पराजित गरेसंगै एक दिवसीय मान्यता पक्का गरेको हो ।


ADVERTISEMENT


नेदरल्याण्डसँग हङकङ ४४ रनले पराजित भएसँगै नेपालले अन्तराष्ट्रिय क्रिकेट खेलेको २२ वर्षपछि पहिलो पटक एक दिवसीय क्रिकेटको मान्यता पाएको हो ।  यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो ।


ADVERTISEMENT

# # #


तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले ओडीआई स्टाटस पक्का गरेको छ ।

आईसीसीको नियमअनुसार नेदरल्यान्ड्सबाहेक विश्वकप छनोट प्रतियोगितामा सहभागी एसोसिएट टोलीमध्ये शीर्ष तीनले सन् २०२२ सम्मका लागि एकदिवसीय टोलीको मान्यता पाउनेछन् ।

गत डिसेम्बरमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको हैसियतमा नेदरल्यान्ड्सले यसअघि नै एकदिवसीय टोलीको मान्यता पाइसकेको छ । यसैगरी सोसिएट टोलीमध्ये सुपर सिक्स चरणमा पुगिसकेका संयुक्त अरब इमिरेट्स (यूएई) र स्कटल्यान्डले पनि एक दिवसीय मान्यता पक्का गरिसकेका छन् ।

अब बाँकी रहेको एक स्थानका लागि सुपर सिक्स चरणमा पुग्न नसकेका नेपाल, हङकङ र पपुवा न्युगिनीले प्ले अफ खेलमार्फत आआफ्नो दाबेदारी प्रस्तुत गर्ने क्रममा नेपाल पहिलो पटक एकदिवसीय टोलीको मान्यता पाउन सफल भएको हो ।

के हो एकदिवसीय (ओडीआई) मान्यता ? यसले के फाइदा गर्छ ?

एक दिवसीय मान्यता क्रिकेटको नियमनकारी निकाय अन्तराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले ५० ओभरको खेलमा दिने मान्यता हो । जुन नेपालले अहिले सम्म पाउन सकेको थिएन । यस अघि नेपालले ५० ओभरका खेललाई लिस्ट ए का रुपमा खेल्दै आए थियो । नेपाल अहिलेसम्म एशोसिएसट टिम मात्र हो ।

तर ओडीआई पाएपछि नेपाल आफैले विभिन्न क्रिकेट बोर्डसंग सम्वन्वय गरेर म्याच आयोजना गर्न सक्नेछ । अब ओडीआई स्टाटस पाएपछि टिमले एक्सपोजर पाउनेछ । साथै अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले दिने सहयोग बद्धि हुनेछ । करिब ७७ मिलियन अमेरिकी डलर अब नेपाली क्रिकेटलार्य प्राप्त हुनेछ ।

तर, ओडीआई स्टाटस मात्र सबै कुरा होइन । नेपाली क्रिकेटको घरेलु संरचना बलियो छैन भने क्रिकेट संघ लामो समयदेखि निलम्बनमा छ । त्यसैले क्रिकेट संघको विवाद सल्टाएर घरेलु संरचना बलियो नबनाएसम्म ओडीआई स्टाटसबाट पर्याप्त लाभ लिन सकिन्नँ ।