काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिमण्डल विस्तारको तयारी तयारी गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपरान्ह ४ बजे सपथको तयारी गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ४ बजेको लागि सपथको तयारी गर्न भनेको शीतल निवास स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


आज एमाले, माओवादी केन्द्र र संघीय समाजवादी पार्टीलाई समेटेर ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेको बताइएको छ ।
अहिलेसम्म को–को मन्त्री बन्ने भन्नेमा दलहरुले नाम बाहिर ल्याएका छैनन् ।

यद्पि माओवादीबाट गिरीराजमणि पोखरेल, वर्षमान पुन, बिना मगर, शक्ति बस्नेत मन्त्री बन्ने तय भएको स्रोतले जनाएको छ । यस्तै जनार्दन शर्मा र बलदेव शर्मामध्ये एक जना मन्त्री पनि बताइएको छ ।

यस्तै संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने सम्भावना छ भने एमालेबाट मन्त्री बन्नेमा प्रदीप ज्ञवाली र रघुवीर महासेठको नाम टु‌ंगिए पनि बाँकी पाँच जनाको नाम टुंगो लाग्न बाँकी छ ।

आज एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले सपथ लिने छन्। भाग पुर्याउनकै लागि सरकारले मन्त्रालय फुटाएर २१ सदस्यीय बनाउने भएको छ।