काठमाडौं– पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्मा प्रभाकरले अवको १० वर्षभित्र कर्णाली प्रदेशलाई सामाजिक न्यायसहितको समृद्ध प्रदेश निर्माण गर्न सकिने बताएका छन् ।


ADVERTISEMENT


कर्णाली प्रदेश सरकारको आयोजनामा शुक्रबार ललितपुरमा आयोजित कर्णाली प्रदेशको विकास र समृद्धिको आधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै पुर्वमन्त्री प्रभाकरले कर्णालीको प्राकृतिक श्रोतलाई सही रुपमा परिचालन गरे आगामी १० वर्षमा समृद्ध प्रदेश निर्माण गर्न सम्भव रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘अहिले कर्णाली प्रदेशलाई अति गरीब प्रदेशको रुपमा लिइने गरिन्छ, मेरो विचारमा कर्णाली सम्भावना, सामाजिक न्याय र समृद्धिको नयाँ नाम हो’ शर्माले भने ।

उनले कर्णाली प्रदेश सरकारलाई तत्कालै प्राकृतिक श्रोतको नक्साङ्कन गर्दै त्यसको परिचालनको योजना निर्माणमा गर्न आग्रह गरे । ‘कर्णाली प्रदेशको जलश्रोतको मात्रै उपयोग गर्दा पनि सिंगै मुलुकले भोगिरहेको खर्वौंको अन्तराष्ट्रिय व्यापार घाटालाई शुन्यमा झार्न सकिन्छ त्यसैगरी कर्णालीलाई पर्यटकीय पुर्वाधारको विकास गरि विश्वकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । यसका लागि मानसरोवर, छायानाथ, रारालगायतका क्षेत्रलाई जोडेर विविधतायुक्त पर्यटकीय सर्किट निर्माण गर्न सरकारले ध्यान देओस’ प्रभाकरले बताए ।

कर्णालीको समृद्धिको अर्को महत्वपुर्ण आधार कृषि, जडीवुुटी, बन र खानी भएको शर्माको भनाई छ । कर्णाली प्रदेश सरकारलाई भुमीको अधिकतम प्रयोग मार्फत कृषिको विकास, जडीवुटीको उपयोग र युरोनियम तथा पेट्रोलियम पदार्थ लगायतका खनिज पदार्थको उत्खननको योजना निर्माणमा लाग्न शर्माको आग्रह थियो ।

‘सामान्य अवस्थाको योजना र कार्यशैलीले कर्णाली प्रदेशको अहिलेको अवस्था परिवर्तन गर्न सम्भव छैन हामीले विगवुस दिन जरुरी छ’ कर्णाली प्रदेशलाई सामाजिक न्याय सहितको समृद्ध प्रदेश निर्माणका लागि ‘विगवुस’ विशेष धक्काको आवश्यकता रहेको चर्चा गर्दै उनले भने –‘प्रदेश सरकारको नेतृत्वमा कर्मचारी संयन्त्र, स्थानिय सरकार, जनता सवैले २० घण्टा काम गर्न तयार हुनुपर्छ’ ।

कर्णाली प्रदेश निर्माणका प्रमुख नेताका रुपमा रहेका प्रभाकरले दुई वर्ष अघि नै विरेन्द्रनगर सुर्खेतमा कर्णाली प्रदेशको विकास सम्वन्धि आफनो अवधारणा सार्वजनिक गरेका थिए ।