काठमाडौं–नेपाल एकदिवसीय मान्यता पाएको भोलिपल्ट सांसद जगत विश्वकर्मा खेलकुदमन्त्री बनेका छन् । पहिलो पटक संसद भवन प्रवेश गर्नुअघि उनी दलित अधिकार र मुक्तिको लडाईं लडेका एमाले नेता हुन् ।


ADVERTISEMENT


तर, अब जगतले युवा तथा खेलकुदको सिंगो जगतलाई कसरी चलाउलान् ? धेरैको प्रश्न छ । ‘मेरा लागि मन्त्रालयको अनुभव नै नयाँ हो भने खेलकुदको क्षेत्र त झनै नयाँ हो,’ नवनियुक्त खेलकुदमन्त्री जगतले भने ‘खेलकुद क्षेत्रमा लगानीको वातावरण बनाउन र यहाँको समस्याहरु हल गर्न मसिनो गरी लाग्छु ।’


ADVERTISEMENT

# # #


नेपाली क्रिकेटले एकदिसीय अन्तराष्ट्रिय मान्यता पाएको ऐतिहासिक क्षणमा आफूले खेलकुद मन्त्रालय सम्हाल्न पाएकोमा मन्त्री जगतले खुसी ब्यक्त गरे । नेपाल क्रिकेट संघको निलम्बन फुकुवाका लागि विज्ञसँग सल्लाह गरेर र न्यायसँगत कदम चाल्ने उनले बताए ।

‘यो ऐतिहासिक क्षणमा मन्त्री हुन पाएको छु’ मन्त्री जगतले भने, ‘यो क्षेत्र मेरा लागि नितान्त नयाँ हो । यो क्षेत्रको मर्म भावनालाई गहिरोसँग बुझ्ने प्रयास गर्नेछु ।’

तर, खेलकुद क्षेत्र पनि मुलुक समृद्धिको एउटा कडी हो भन्ने आफूले बुझेको उनले बताए ।

खेलकुदमन्त्री जगत विश्वकर्माले क्रिकेटको उत्साहलाई रोकिन नदिने र यसको मर्यादालाई अझ उठाउने प्रतिवद्धता पनि जनाएका छन् । ‘खेलको माध्यमबाट सिंगो देशलाई माथि उठाउने नीति तथा योजना बनाउँछु,’ उनले भने ।