काठमाडौं–हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ ।


ADVERTISEMENT


कांग्रेसले गोदाम चोकबाट जुलुस निस्किएको थियो । प्रहरीले जुलसलाई रोक्न खोन्दा झडप भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । बनेपा बजार अहिले तनावग्रस्त देखिएको छ ।


ADVERTISEMENT

# # #


बुधबार राति गौशलास्थित होटल पशुपति भिजनमा गोली चलेको थियो, त्यही क्रममा लामा हतियारसहित पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली समेत बरामद भएको थियो ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ । कांग्रेस काभ्रेले भने लामालाई विना शर्त रिहा गर्न माग गरेको छ ।