काठमाडौं–बनेपा पनौती सडक खण्डमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बनेपाबाट पनौती तर्फ जाँदै गरेको बा २ ख ५६७५ नम्बरको बसले विपरित दिशाबाट आएको बा ७२ प ४७८६ नम्बरको मोटरसाइकललाई बनेपा ११ मा ठक्कर दिएको हो ।


ADVERTISEMENT


दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप चिसापानीका बालकृष्ण श्रेष्ठको उपचारको क्रममा शिर मेमोरियल हस्पिटलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।


ADVERTISEMENT

# # #


घटनापछि पनौती बनेपा सडकखण्ड अवरुद्ध भएको छ ।