महोत्तरी–महोत्तरीको बर्दिवास नगरपालिका – ३ राजावासमा शनिवार राति ट्रयाक्टरकोे ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा बर्दिवास ३ राजावास घर भएकी ५२ बर्षिय लिला परियार रहेकी छिन् । ना ६ त ५५५६ नम्मवरको ट्रयाक्टर राजावास स्थित रातु खोलावाट गिट्टी लोडगरी सोही गाउँ फर्कने क्रममा परियारलाई ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


ट्रयाक्टरको ठक्करबाट गम्भिर घाईते भएकी उनलाई उपचारकालागी काठमाडौ लादै गर्दा बाटोमै मुत्यु भएको बर्दिवास प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।