पाल्पा–गुल्मीमा प्रेमीको ‘ब्ल्याक मेलिङ’बाट एक युवतीले ज्यान गरेको तीन दिन नवित्दै छिमेकी जिल्ला पाल्पामा विवाह भएको एक महिना नवित्दै अर्की महिलाको पनि मृत्यु भएको छ ।


ADVERTISEMENT


ईलाका प्रहरी कार्यालय वुटवलका प्रमुख डिएसपी केशव भट्टराईका अनुसार शनिबार साँझ वुटवल ट्राफिकचोकस्थित वुर्तिबाङ्ग होटलको कोठामा झुण्डिएको अवस्थामा एक महिला मृत फेला परिन् । यसरी भेटिएकी महिला थिइन्–तानसेन नगरपालिका वडा नम्वर ३ की १९ वषिैया राधिका न्यौपाने । उनको विवाह भएको एक महिना पनि नभएको बुझिएको छ ।


ADVERTISEMENT

# # #


राधिकाले होटलमा श्रेया नेपाल नाम लेखाएर हिजो विहान १०/११ बजेको समयमा कोठा बुक गरेर बसेको र साँझपख मृत फेला परेकी थिईन् । प्रहरीका अनुसार वुटवल–५, गोलपार्क उनको माईती घर भएको र उनको गत फागुनमा पाल्पामा विवाह भएको थियो ।

घटनाको थप अनुसन्धानका लागि प्रहरीले पाल्पामा रहेका पाण्डे थरका उनका श्रीमानलाई बोलाएको र उनी आएपछि मात्र थप कारण कुरा खुल्ने बताएको छ ।