काठमाडौं–बलिउड चर्चित जोडी दीपिका पादुकोण र रणवीर सिंह विभिन्न कारणले चर्चामा आइरहन्छन् । यो जोडीलाई फिल्म स्क्रिनका साथै वास्तविक जीवनमा पनि उत्तिकै रुचाइन्छ । पछिल्लो समय यो जोडीको बिहेको खबरले निकै चर्चा पाएको छ । तर, भर्खरै रणवीर र दीपिकाको जोडीलाई लिएर निर्माता तथा निर्देशक करण जोहरले ‘ब्रेकअप’को आशंका व्यक्त गरेका छन् ।


ADVERTISEMENT


जोहरले यो जोडीको लङ डिस्टान्स रिलेसनसिपका कारण ब्रेकअप हुन सक्ने सम्भावना रहेको बताएका हुन् ।उनले रेडियो सो ‘रिभर्स–यापिड फायर’मा यो कुराको खुलासा गरेका हुन् । कुन बलिउड सेलेब्रिटीको लङ डिस्टान्स सम्बन्धको कारण ब्रेकअप हुन सक्छ भन्ने एक कलरले सोधेको जिज्ञासामा उनले भने, ‘मलाई रणवीर सिंह र दीपिका पादुकोणको सम्बन्धलाई हेर्दा त्यस्तो लाग्छ ।


ADVERTISEMENT

# # #


उनीहरूलाई सधैँ साथ रहन जरुरी छ । तर, कामको व्यस्तताका कारण एक–अर्कालाई समय दिन गाह्रो छ ।’ पछिल्लो समय अनुष्का शर्मा र विराट कोहलीले विवाह गरेपछि दीपिका र रणवीर पनि विवाह बन्धनमा बाँधिने हल्लाले बजार तताइरहेको छ ।

मिडियाका अनुसार दीपिकाको परिवारसँग भेट्नका लागि रणवीर बैंग्लोर गएका थिए । केही समयअघि दीपिका र रणवीर ‘बलिउड स्टार्स हेलो हल अफ फेम’को ब्लु कार्पेटमा सँगै देखिएका थिए ।

आजको नयाँ पत्रिकाबाट