काठमाडौं–लेस्टर सिटीलाई हराउँदै चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको छैटौँ चरणको खेलमा प्रिमियर लिग क्लब लेस्टर सिटीलाई २–१ ले पन्छाउँदै चेल्सीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।


ADVERTISEMENT


चेल्सीलाई जिताउन अल्भारो मोराटा र पेड्रोले गोल गरे । खेलको ४२ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट भ्रमण टोली चेल्सीले सुरुवाति अग्रता लिएको थियो । पहिलो हाफसम्म १–० ले अघि रहेको चेल्सी ७६ औँ मिनेटमा जेमी भर्डीले घरेलु टोली लेस्टरका लागि बराबरी गोल फर्काए ।


ADVERTISEMENT

# # #


त्यसपछि निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो । अतिरिक्त समय चेल्सीका लागि फलदायी बन्यो । १०५ औं मिनेटमा पेड्रोले चेल्सीका लागि विजयी गोल गरे र टिमलाई सेमिफाइनलमा पुर्‍याए ।

आइतबार राति नै भएको अर्को खेलमा विगानलाई २–० ले हराएको साउथह्याम्पटनले पनि अन्तिम चारमा स्थान बनाएको छ । योसँगै एफए कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

फाइनल प्रवेशका लागि चेल्सीले साउथह्याम्पटनसँग खेल्नेछ । अर्को खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामसँग प्रतिस्पर्धा गर्नेछ ।