काठमाडौं–प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज आफ्नो मन्त्रिमण्डल बिस्तार गर्ने भएका छन् । सोमबार बिस्तार हुने मन्त्रिमण्डलमा ३ जना मन्त्री थपिने भएका छन् । पोखरेलले मुख्यमन्त्रीको सपथ लिएको ३३ दिनपछि दोस्रोपटक मन्त्रिमण्डल बिस्तार गर्न लागेका हुन् ।


ADVERTISEMENT


प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश सरकारले आज दिउँसो नेकपा एमालेका लिला गिरी र आरती पौडेल तथा नेकपा माओवादी केन्द्रका सुदर्शन बराललाई मन्त्रिपरिषद्मा सहभागी गराउने निर्णय भएको बताए ।


ADVERTISEMENT

# # #


एमालेका गिरीले सामाजिक विकास मन्त्रालय, पौडेलले कृषि मन्त्रालय र माओवादी केन्द्रका बरालले बन, वातावरण र पर्यटन मन्त्रालयको जिम्मेवारी लिनेछन् ।

गठबन्धनका दुवै पार्टीमा मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको लागि स्थान अभाव देखाउँदै मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको थियो ।

पछिल्लो पटक हुन लागेको मन्त्रिपरिषद् विस्तार भने अझै पूर्ण भईनसकेको बताईएको छ । मन्त्रालयको लागि आवश्यक पूर्वाधार ब्यवस्थापन भए पछि अन्य मन्त्रीहरु थप गरिने बताईएको छ ।