काठमाडौं–ललितपुरको ताल्छिखेलस्थित ज्ञानकुञ्ज स्कुलका प्रिन्सिपल शिव कार्की विरुद्ध जबर्जस्ती करणी उद्योग मुद्दाको जाहेरी प्रहरीमा दर्ता भएको छ । आफ्नै स्कुलमा पढ्ने छात्रालाई बलात्कार प्रयास गरेको आरोपमा शुक्रबार उनलाई प्रहरीले पक्राउ गरेको थियो ।


ADVERTISEMENT


स्कुलकै छात्राबासको छतमा चुम्बन गरेर उनले बलात्कार प्रयास गरेको पीडित छात्राको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । जाहेरी दर्ता गरी म्याद थपका लागि कार्कीलाई अदालत लगिएकोमा अदालतले पाँच दिन थुनामा राख्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी विनोद सिलवालले बताए ।


ADVERTISEMENT

# # #


कार्कीले भने छात्रालाई छतमा रोइरहेको देखेपछि उनलाई सम्झाउन गएको र यौन दुर्व्यवहार नगरेको दाबी गरेका छन् । ९ कक्षामा अध्यनरत ती छात्रा पढाइमा कमजोर भएकाले आफूले राम्रोसँग पढ्नका लागि सम्झाएको कार्कीले बताएका छन् ।