काठमाडौं–नेपाली कांग्रेसले आज प्रदेश ५ को पार्टी संसदीय दलको नेता छान्दैछ । संसदीय दलको नेतामा ५ जनाले दाबी पेश गरेपछि आज निर्वाचनमार्फत दलको नेता छनोट गर्न लागिएको हो ।


ADVERTISEMENT


निर्वाचन प्रक्रिया सुरु भएपछि पनि पटक–पटक स्थगित हुँदै आएको संसदीय दलको नेता चयनका लागि दिउँसो २ बजे मतदान हुँदैछ ।


ADVERTISEMENT

# # #


दिउँसो २ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता डा. बुद्धबहादुर थापाले बताए ।

प्रदेश ५ संसदीय दलको नेताका लागि वलदेव शर्मा पोखरेल, फकरुद्दिन खाँ, वीरेन्द्रकुमार कनौडिया, वीरबहादुर राना र डिल्ली चौधरीको उम्मेदवारी परेकाले उनीहरुबीच प्रतिष्पर्धा हुँदैछ ।