काठमाडौं–संघीय समाजवादी फोरम नेपालले आज पनि सत्तारुढ दलसँग बार्ता गर्दैछ । सिहदरवारमा आज ११ बजे फोरम नेपाल र सत्तारुढ दलसँग वार्ता हुने भएको छ ।


ADVERTISEMENT


फोरम नेपालले सविधान संशोधन र मन्त्रालयको बारेमा एमाले र माओवादी सँग स्पष्टता चाहेको छ । लिखित सहमति भए मात्र सरकारमा जाने हिजो निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


फोरमलाई शहरी विकास र स्वास्थ्य मन्त्रालय छुट्याएर राखेको छ । तर फोरमले तीन मन्त्रालय मागरिहेको छ ।

सविधान संशोधनमा एमालेले सैद्धान्तिक सहमति जनाएको छ तर लिखित सहमति गरेको छैन । सविधान संशोधन कसरी गर्ने, के विषयमा गर्ने, त्यसको प्रतिबद्धता फोरमले लिखित रुपमा खोजेको छ ।

सविधान संशोधनको विषयमा वामगठबन्धनसँग लिखित सहमति नभएसम्म संघीय समाजवादी फोरम सरकारमा सहभागी नहुने भएको छ । सरकारमा सहभागिताका लागि वाम गठबन्धन र फोरमबीच पटक पटक यस अघि पनि वार्ता भइसकेको छ ।