काठमाडौं–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले तोकिएको कार्यक्षेत्रमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।


ADVERTISEMENT


मन्त्री पण्डितले तोकिएको कार्यक्षेत्रमा नगएका कर्मचारीको रेकर्ड संकलनको काम सुरु भइसकेको पनि स्पष्ट पारे ।  उनले कार्यक्षेत्रमा नजाने कर्मचारीहरुको रेकर्ड संकलन गर्न मातहतका निकायलाई निर्देशन दिइएको भन्दै कार्य क्षेत्रमा नजाने निजामति कर्मचारीहरुले लिँदै आएको सुविधा पनि खोस्ने बताए ।


ADVERTISEMENT

# # #


मन्त्री पण्डितले जनताको सेवामा समर्पित भएर कर्मचारीहरुले काम गर्ने वातावरण बनाउने प्रतिवद्धता पनि व्यक्त गरे । उनले मन्दिरमा जाने पुजारीले झैं पवित्र भावनाका साथ जनताको सेवा गर्न पनि कर्मचारीहरुलाई सचेत गराए ।

मन्त्री पण्डितले निजामति कर्मचारी ऐनले व्यवस्था गरे अनुसार जनताको भावना र विश्वास जितेर काम गर्न पनि कर्मचारीलाई निर्देशन दिए ।
मन्त्री पण्डितले कार्यालय समयमा कर्मचारी संगठनका गतिविधिलाई निशेष गर्ने घोषणा पनि गरे । उनले कर्मचारी संगठनहरुको दवावमा कुनै पनि गतिविधि आफूले नगर्ने दृढता पनि व्यक्त गरे ।

मन्त्री पण्डितले नीति निर्माणका बेला कर्मचारी संगठनहरुबाट आवश्यक सुझाव लिने काम सरकारले गर्ने योजना पनि सुनाए ।