काठमाडौं । परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र चिनियाँ राजदूत यू होङ बीच आईतबार परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देश बीचको सम्बन्धलाई अर्थपूर्ण रुपमा विकास गर्ने बारे छलफल भएको छ । राजदूत होङले उनलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्दै दुईपक्षीय सम्बन्ध उचाइमा लैजान मिलेर काम गर्नुपर्ने धारणा राखेकी थिइन् ।


ADVERTISEMENT


ज्ञवालीले छिमेकसँग भएका दुईपक्षीय समझादारीका काम अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन् । चीनसमेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखाको ब्रिफिङ लिने क्रममा उनले त्यस्तो बताएका हुन् । चीनसँग भएका सम्झौता र सहमतिको वर्तमान अवस्थाबारे मन्त्री ज्ञवालीले जानकारी लिएका छन् । ।


ADVERTISEMENT

# # #