डडेल्धुरा– डडेल्धुरा जिल्लामा प्रदेश नं. ७ को पहिलो प्याराग्लाईड उडानको सफल परीक्षण सफल भएको छ । डडेल्धुराका पर्यटन ब्यवसायीहरुको पहलमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नं.६ दमोडाको पासा मन्दिरबाट प्याराग्लाईड उडानको सफल परिक्षण गरेको डडेल्धुराका पर्यटन व्यवसायी सुदाम थापाले जानकारी दिए ।


ADVERTISEMENT


डडेल्धुरा जिल्ला प्रदेश नं. ७ को पहिलो प्याराग्लाइडिङ्गको सफल उडान गर्ने पहिलो जिल्लाका रुपमा रहेको उनले बताए । भारतको हिमाञ्चल प्रदेशका प्याराग्लाईड पाईलट जितेन्द्र सिंह महेता (जोली) ले प्यारग्लाईडको सफल उडान गरेका हुन् ।


ADVERTISEMENT

# # #


पाईलट मेहेताल नैनीताल र हिमाञ्चलमा उडान हुने प्यारग्लाइडिङ्गकोे जस्तै डडेल्धुरामा भएको प्यराग्लाईड परीक्षण उडान उस्तै–उस्तै भएको बताए । प्याराग्लाईग पाईलट मेहेताका अनुसार अहिलेको मौसम अलि समस्या भएको बेलापनि डडेल्धुराको पासा मन्दिरमा भएको सफल प्यराग्लाईड उडान १२ महिना एक नासले उड्न सक्ने बताए ।

नेपालमा प्याराग्लाइडिङ्का लागि झन्जटिलो प्रक्रियाका कारण केही समस्या रहेको उद्योग व्याणीज्य संघका केन्द्रीय सदस्य प्रकास साउँदले बताए । डडेल्धुरा जिल्लाको अगरढी नगरपालिका ३ घटाल स्थानमा प्याराग्लाइडको लागि तालिम सेन्टर समेत सञ्चालन गर्ने डडेल्धुराका पर्याटन व्यवसायी श्याम भट्टले बताए ।