दाङ– सभामुख कृष्णबहादुर महराले जरुरी महत्वका कानुनहरु बनाउने कामलाई पहिलो प्राथमिकता दिइएको बताएका छन् । घोराही उपमहानगरपालिकाले आज आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा बोल्दै सभामुख महराले वैज्ञानिक ढंगको कानुन निर्माणमा आफु जिम्मेवार रहेको बताए ।


ADVERTISEMENT


स्थानीय तहलाई सहज ढंगले अघि बढ्ने गरी प्रदेश र संघले तयार गर्नुपर्ने कानुनहरु निर्माणमा प्राथमिकता दिने गरी काम गर्दै यो बर्षलाई नयाँ कानुनको अभ्यासका रुपमा लिने र बैशाख १५ पछि बजेटसँगै अन्य ऐन कानुनहरु निर्माणमा केन्द्रीत हुने बताए ।


ADVERTISEMENT

# # #


दाङ क्षेत्र नं। २ बाट प्रतिनिधि सभामा निर्वाचित सभामुख महराले दङाली जनताका लागि आफ्नो जनप्रतिनिधि भूमिकामा कतै पनि कमी हुन नदिने बताए । उनले भने, ‘अब म कुनै दलको भूमिकामा छैन’, सभामुख महराले भने, ‘म सबैलाई समान दृष्टिकोणबाट व्यवहार गर्नेछु, कुनै दल विशेषका पक्षमा गतिविधि हुने छैनन् ।’

सभामुख महराले सांसदमा निर्वाचित हुनुपूर्ब घोषणा गरेका प्रतिबद्धताहरु पूरा गर्न आफूले निरन्तर पहल गरिरहेको बताए । कार्यक्रममा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले सभामुख महरालाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए ।