काठमाडौं–मार्च २० लाई विश्व खुसी दिवसको रुपमा मनाइन्छ । सन् २०१२ देखि हरेक वर्ष ग्यालप विश्व पोल सर्भेक्षणको आधारमा विश्व खुसीको रिपोर्ट निकालिन्छ । यो वर्ष पनि १५६ राष्ट्रलाई समेटेर विश्व खुसी रिपोर्ट २०१८ निकालिएको छ । यो वर्षको रिपोर्टमा देशको खुसीसँगै ती राष्ट्रमा रहेका आप्रबासीहरुको खुसी पनि समावेश गरिएको छ ।


ADVERTISEMENT


यो रिपोर्टले राष्ट्र खुसीको मात्रामा परिवर्तन र स्थिरताको मापन गर्ने गर्छ । शीर्ष स्थानमा रहेका राष्ट्रहरुमा निक्कै झिनो फरक हुने भएकाले तिनमा आउने सानोतिनो तलमाथिले पनि शीर्ष स्थान बदलिने गर्छ । त्यसैले गर्दा पछिल्लो चार वर्षमा चार अलग–अलग राष्ट्रहरुले शिर्ष स्थान ओगटेका छन् । यो वर्ष फिनल्याण्ड सबैभन्दा खुसी राष्ट्र भएको छ । नर्वे, डेनमार्क, आइसल्याण्ड र स्वीट्जरल्याण्ड त्यसपछिका शीर्ष पाचँभित्र रहेका छन् । खासमा पछिल्ला वर्षहरुमा यी राष्ट्र कुनै न कुनै समय शीर्ष स्थानमा रहेका छन् ।


ADVERTISEMENT

# # #


रिपोर्टका लागि ६ विषयलाई आधार मानिएको थियोः आय, राष्ट्रिय औसत आयु, सामाजिक सुरक्षा, स्वतन्त्रता, विश्वास र उदारता । यी मापनले राष्ट्रको समग्र खुसीको मापन गर्ने अनुमान गरिएको छ । खुसी राष्ट्रहरुमा यी आधारहरुको मात्रा राम्रो देखिन्छ । आप्रबासीहरुको खुसीको मापनले रमाइलो तथ्य प्रस्तुत गरेको छ । राष्ट्र र तिनको आप्रबासीको खुसीको मात्रा लगभग उस्तै रहेको छ । खुसीको सुचिमा शिर्ष स्थानमा रहेका राष्ट्रमा बस्ने आप्रबासीहरु सो राष्ट्रको बराबर नभएको पाइयो ।

अमेरिका निरन्तर दुःखी
विश्वशक्ति राष्ट्र अमेरिका यो सुचिमा निरन्तर खस्किरहेको छ । सन् २०१८ मा अमेरिका १८औं स्थानमा रहेको छ । यो सूची प्रकाशित हुन थालेदेखि को यो सबैभन्दा तल्लो अवस्था हो । अमेरिकामा यसको कारणबारे बहश सृृजना भएको छ । विश्वव्यापी रुपमा स्वास्थ समस्या बनेकोः मोटोपन, ओपिएड समस्या र डिप्रेशन सबै अमेरिकामा विकराल रुप लिइरहेको छ । यसले अमेरिकाको खुसी घटाउन भुमिका खेलेको मानिन्छ ।

यसका साथै राष्ट्रको खुसीमा त्यस राष्ट्रमा रहेको समाजिक सम्बन्धको प्रगाढता र कामको वातावरणले धेरै असर पार्ने देखिएको छ । अमेरिकामा पछिल्लो समय यीनमा पनि गिरावट आइरहेको छ ।

दक्षिण एशियामा पाकिस्तान सबैभन्दा खुसी राष्ट्र
खुसी रिपोर्टमा ७५औंं स्थान रहेको पाकिस्तान दक्षिण एशियामा सबैभन्दा शीर्ष स्थानमा रहेको छ । राष्ट्रिय अर्थतन्त्रमा कुल राष्ट्रिय उत्पादनको सट्टा कुल राष्ट्रिय खुसीलाई आधार बनाएको भुटान दक्षिण एशियाली राष्ट्रहरु मध्य दोश्रो स्थानमा रहेको छ । ऊ विश्वव्यापी रुपमा ९७ औं स्थानमा रहेको छ ।

दक्षिण एशियाली राष्ट्रहरुमा त्यसपछि नेपालको स्थान रहेको छ । विश्वव्यापी रुपमा नेपाल १०१ औं स्थानमा रहेको छ । भारत भने नेपालपछि रहेका बङ्लादेश(११५औं), श्रीलङ्का(११६औं)भन्दा पनि पछाडि रहेको छ । १३३ औं स्थानमा रहेको भारत पछि दक्षिण एशियाको अफगानिस्तान मात्र रहेको छ । अफगानिस्तान १४५ औं स्थानमा रहेको छ ।

उत्तरी छिमेकी राष्ट्र चीन सूचीको ८६ औं सङ्ख्यामा रहेर खुसी राष्ट्रको माझ तिर रहेको छ । गरिबी निवारणमा विश्वमै उदारणीय काम गरेको चीनले राजनैतिक स्वतन्त्रतामा राम्रो स्थीति नभएकाले खुसी सूचीमा उच्च स्थानमा रहन नसकेको हो ।