काठमाडौं–एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर बैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटक पटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् ।


ADVERTISEMENT


२००६ बैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो । २०१९ सालबाट फुट्न थालेको कम्युनिस्ट पार्टीका दुईटा मूलधारका रुपमा एमाले र माओवादी छन् ।


ADVERTISEMENT

# # #


अब दुवै मिल्न लागेकाले कम्युनिस्ट आन्दोलन नै एकीकृत हुने उनीहरुको तर्क छ । उक्त दिनसम्ममा एकता खाकालाई अन्तिम रुप दिन दुवै दलका कार्यदलले काम गरिरहेका छन् ।–आजको कान्तिपुरबाट