काठमाडौं–नेपाल वायुसेवा निगमले एक महिनाअघि दुई थान नयाँ चिनियाँ जहाज ल्याए पनि उडाउन सकेको छैन । आएदेखि घाममा सेकाएर राखिएका ती जहाजमाथि थप विपत्ति आइलागेको छ ।


ADVERTISEMENT


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आफ्नै ह्यागंर छेउ रहेका ती दुईमध्ये एक जहाजमा विदेशबाट आएको बी ७६७ सिरिजको ठूलो (वाइड बडी) आकारको जहाजले ठक्कर दिएको थियो ।


ADVERTISEMENT

# # #


घाममा सेकाएर राखिएका जहाजमाथि थप विपत्ति

निगमका एक उच्च अधिकारीले भने,

–यसै पनि घाम तापिरहेको जहाज, त्यसमाथि पनि ठूलो जहाजले ठक्कर दिएपछि अब कति महिना थन्किने हो ठेगान छैन ।

–एउटा जहाज ठक्करपछि थन्किएको छ भने अर्को नयाँ जहाज निगमकै इन्जिनियरको लापरबाहीले थन्किन पुगेको छ । आजको नागरिक दैनिकबाट